काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागसहित गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर बदली रही अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा असर पर्नसक्ने विभागले जनाएको छ।














प्रतिक्रिया