भिडियो खिच्ने प्रहरी नियन्त्रणमा


काठमाडौँ, (नेस) ।

बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । प्रहरीको नाम सार्वजनिक गरिएको छैन । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा हत्यामा संलग्न १६ वर्षीय नाबालक ढुक्कसाथ प्रहरीले सोधेको जवाफ दिँदै किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् । उनी र उनका एक साथी मिलेर बलात्कार गरेको र त्यसपछि आँखामा पट्टी बाँधेर हत्या गरेको खुलाएका थिए । साउन ३१ गते हराएकी बालिकाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा तीन दिनपछि भदौ २ गते दशधराकै एक घरमा फेला परेको थियो ।

प्रहरीको अनुसन्धानको क्रममा बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा भदौ ३ गते नै ती नाबालक पक्राउ परेका थिए । प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो । घटनाको सम्बन्धमा छानबिन भैरहेको छ ।

त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् । बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ । घटनापछि संसद्मा झन् तनाब बढेको छ ।