काठमाडौं।
छातीमा असहजता तथा पीडा महसुस भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) स्वास्थ्य जाँचपछि निवास फर्किएका छन्।
मुटुसम्बन्धी परीक्षणका क्रममा गरिएको इको, ईसीजी तथा सिटी कोरोनरी एन्जियोग्राफीसहितका सबै रिपोर्ट सामान्य आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेन्टरका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए।
प्रा.डा. गजुरेलका अनुसार सभामुख अर्याल साँझ करिब ६ बजे छातीमा असहजता र पीडा महसुस भएपछि अस्पताल पुगेका थिए। मुटुमा कुनै समस्या छ कि छैन भनेर आवश्यक सबै परीक्षण गरिएको र कुनै समस्या नदेखिएको उनले बताए।
‘छातीमा असहजता, पीडा महसुस गरेपछि बेलुका ६ बजेतिर उहाँ हाम्रो अस्पताल आउनुभएको थियो। हामीले मुटुमा केही समस्या हो कि भनेर इको, ईसीजी तथा सिटी कोरोनरी एन्जियोग्राफी लगायतका सबै जाँच गर्यौँ। त्यस्तो समस्या देखिएन। रिपोर्ट नर्मल आयो,’ प्रा.डा. गजुरेलले भने।
परीक्षणका क्रममा सभामुख अर्याललाई सीसीयू सुविधासहितको क्याबिन नम्बर २१५ मा राखिएको थियो। स्वास्थ्य अवस्था सामान्य देखिएपछि करिब राति १० बजे उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।











प्रतिक्रिया