काठमाडौँ।
१९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरकी तिशा शाक्यले जितेकी छन् । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ मा १६ प्रतिस्पर्धिलाई पछाडि पार्दै प्रमूख उपाधि जितेवापत तिशाले नगद एक लाख रुपैयाँ प्राप्त गरिन् ।उपाधि विजेता तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै १० हजार नगद सहित गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन्।
प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। फस्ट र सेकेन्ड रनरअपले जनही ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार सहित ताज प्राप्त गरे। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप भए।

कञ्चनजंघा अगरबत्ती मिस कल्चरको उपाधि नगद १० हजार रुपियाँसहित शिक्षा महर्जनले जितिन् भने बेलाभिटा मिस पर्सनालिटी नगद १० हजार रुपियाँसहित निश्ला महर्जनले जितिन्। श्री केश बेस्ट हेयरको उपाधि नगद १० हजार रुपियाँसहित कलशा अवालेले, बेस्ट स्किन दृष्टि महर्जनले, तस्बिर मिस फोटोजेनिक सारिका महर्जनले, मिस स्माइल अनुष्का नाकर्मीले तथा मिस चार्मिङ सोनिया महर्जनले प्राप्त गरे। मिस फ्रेन्डसिपको उपाधि रेजिना बज्राचार्यले जितिन्।
त्यसैगरी रुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने। प्रतियोगितामा दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस र प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते।
नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमूख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी, लेक्चरर, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक रहेका थिए।

फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका उपाधिमार्फत प्रतियोगीहरूको प्रतिभा र सांस्कृतिक पहिचानलाई सम्मान गरिएको थियो।
प्रतियोगितााको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित मिस नेवाः नेपाल आयोजना गरिँदै आएको बताइन्। उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतियोगीको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वका विभिन्न पक्षलाई मूल्यांकन गरिँदै आएको छ।

प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनको सह–संयोजन तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो।











प्रतिक्रिया