मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। रातिसमेत विभिन्न प्रदेशका पहाडी तथा तराई भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।