कोशी र नारायणीका नदीमा बहाव बढ्ने


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी र नारायणी बेसिनका नदीमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ।

तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

देशका विभिन्न पहाडी जिल्लाका साना नदीमा शनिबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही साना नदीमा भोलि र पर्सि समेत बहाव आकस्मिक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।