दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कोशी र बागमतीका पहाडी तथा तराई भूभाग र गण्डकीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।