काठमाडौं ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका स्वास्थ्य व्यवसायी हुन्।
उनले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक तथा राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
हालसम्म उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत रहेका छन्। परिषद्को रजिस्ट्रारका रूपमा श्रेष्ठले स्वास्थ्य व्यवसायीहरूको दर्ता, नियमन, गुणस्तर अभिवृद्धि तथा परिषद्को प्रशासनिक नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया