लन्डन, (एजेन्सी) ।
बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला चार दिनको अन्तरालमा दोस्रोपटक मैदानमा ढलेका छन् । मंगलबार हाइडेनहाइम विरुद्धको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेको केही मिनेटमै उनी अचानक ढलेपछि चिकित्सकीय टोलीले मैदानमै उपचार गरेको थियो । उनी ढलेको भिडियो सामाजिक संजालमा पनि हेर्न सकिन्छ ।
भिडियो अनुसार उनी मैदानमा ढल्न लागेपछि उनका साथी खेलाडीहरू उनलाई सहयोग गर्न दौडिँदैं आएका थिए । तापनि उनी मैदानमै ढलेका थिए । यसपछि उनलाई उपचार गर्न लागिएको थियो ।
२३ वर्षीय मुसियाला ढलेको यो दोस्रोपटक थियो । यसअघि शनिबार आरबी लाइपजिंगविरुद्धको खेलमा पनि उनी मैदानमै ढलेका थिए । चिकित्सकहरूको अनुसार उनलाई ‘न्युरोलोजिकल डिसफङ्सन’ देखिएको र त्यसको उपचार भइरहेको बताइएको छ । छन् ।
मुसियालाले सामाजिक सञ्जालमार्फत आफूलाई अस्थायी र छोटो समय रहने ‘एब्सेन्स सिजर’ देखिएको बताएका छन् ।
उनका अनुसार यो समस्या उपचार गर्न सकिने खालको छ । ‘पहिलो नजरमा यी घटना डरलाग्दा देखिन सक्छन् । तर अहिलेका लागि यो मेरो दैनिक जीवनको एउटा हिस्सा मात्रै हो’ उनले बताए ।











प्रतिक्रिया