प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुखबीच भेटवार्ता


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाह र नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको छ । भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका लागि आईतवार काठमाडौं आइपुग्नुभएको थियो ।

आफ्नो भ्रमणको दोस्रो दिन सोमवार उहाँले प्रधानसेनापति अशोकराज सिग्देलसँग जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सोही दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

भारतीय सेना प्रमुख सेठ आफ्नो भ्रमण तालिका पूरा गरी आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।