जुराखेतमा स्कार्पियो दुर्घटना: न्यायाधीश डाँगीसहित ६ जना घाइते


काठमाडौँ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदीमा दुर्घटनामा भएको छ। दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका छन्।

भीमफेदी गाउँपालिका-६ स्थित जुराखेतमा प्रदेश ३-००२ झ ५१८३ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको हो। दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गाडीमा न्यायाधीश डाँगी र उनका परिवारका सदस्य सवार रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।