काठमाडौं ।
भारतका प्रधानसेनापति जनरल धीरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदै हुनुहुन्छ। उहाँ आइतबार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमणमा आउने उहाँ भारतका वरिष्ठ अधिकारी हुनुहुन्छ। प्रधानसेनापति बनेपछि जनरल सेठले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्न लाग्नुभएको हो।
नेपाल बसाइँका क्रममा उहाँले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुनेछ। उहाँले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै द्विपक्षीय सैन्य सहयोगबारे छलफल गर्ने कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुनेछ। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि कायम छ।











प्रतिक्रिया