गरुड दल गणको बार्षिक उत्सवमा बृक्षारोपण

376
Shares

दोलखा ।

दोलखाको प्रसिद्ध धार्मिक– प्राकृतिक पर्यटकीय केन्द्र कालिञ्चोक जाने सडकको दाँया– बाँया नेपाली सेनाको गरुड दल गणले बिभिन्न प्रजातिका विरुवा रोपेको छ । गरुड दल गणको १४६ औं बार्षिक उत्सवको अवसरमा पर्यटकीय केन्द्र कालिञ्चोक जाने सडकको दाँया– बाँया बिभिन्न प्रजातिका रुख रोपिएको गणपति कर्णेल लोक सागर कटुवालले बताए ।


बृक्षारोपण कार्यक्रमा दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, माननिय जिल्ला न्यायधिश मणिराम न्यौपाने, जिल्ला बन कार्यालय दोलखाका डिएफओ अनिल रेग्मी, गणपति कर्णेल लोक सागर कटुवाल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार यादव, सशस्त्र प्रहरी बल नं. १८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोईराला, राष्ट्रिय अनुसन्धान कार्यालय दोलखाका प्रमुख धिरज बाँनिया लगायत ८० जनाको सहभागिता रहेको थियो ।
चरिकोट– कालिञ्चोक सडकको भुतपोखरी देखी देउरालीसम्मको खण्डमा कपुर, लप्सि, कल्कि, एबोगाड, अमला, काउलो, असारे, पारिजात,

निम, असोका लगायत प्रजातिका रुख– विरुवा रोपिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
पर्यटकीय सडकको दाँया– बाँया बिभिन्न प्रजातिका जडिबुटी तथा फुलका रुख– विरुवा हुँदा पर्यटकहरुलाई थप आकर्षित गर्ने र त्यसले वातावरणसमेत राम्रो हुने भएकोले गणको बार्षिक उत्सवको अवसरमा चरिकोट– कालिञ्चोक सडक खण्डमा बृक्षारोपण गरिएको गणपति कर्णेल लोक सागर कटुवालको भनाई छ ।