सुदन किरातीको अपिल : भ्रममा नपरी पार्टी एकताबद्ध बनाउन जुटौँ


काठमाडौं ।

श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले नेताहरूबीच द्वन्द्व सिर्जना गराएर स्वार्थ पूरा गर्ने पुरानो राजनीतिक प्रवृत्तिबाट सचेत रहन श्रमदाता तथा शुभचिन्तकलाई आग्रह गरेका छन्।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै किरातीले पार्टीभित्र फरक मत, दृष्टिकोण र बहस स्वाभाविक भए पनि त्यसलाई व्यक्तिगत स्वार्थ, गुटगत खेल वा पार्टी कमजोर पार्ने माध्यम बनाउन नहुने बताएका छन्।

उनले पार्टीविरुद्ध भ्रम फैलाउने, घेराबन्दी गर्ने र कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै यस्तो अवस्थामा अझ बढी सचेत र एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। किरातीले सम्पूर्ण श्रमदाता तथा शुभचिन्तकलाई भ्रममा नपरी पार्टीलाई सुरक्षित र एकताबद्ध रूपमा अघि बढाउन लाग्न अपिल गरेका छन्।