काठमाडौं ।
नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदन पेश गर्न थालेका छन्।
हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक तथा सामाजिक नीतिको कार्यदिशा र समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन्।
बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन र एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
भेलामा अन्य प्रतिवेदनसमेत पेश हुने क्रम जारी छ। हिजोदेखि सुरु भएको कांग्रेस इतर समूहको राष्ट्रिय भेला भोलिसम्म चल्ने बताइएको छ।











प्रतिक्रिया