ओली झापा पुगे, ‘मिसन पार्टी जागरण’मा


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार गृहजिल्ला झापा पुगेका छन् । उनी काठमाडौंबाट हवाईमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।

एमालेका अनुसार ओली ‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि झापा पुगेका हुन् । उनी आइतबार हुने कार्यक्रममा सहभागी हुनेछन् ।

भद्रपुर विमानस्थलमा ओर्लिएका ओलीलाई स्थानीय नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

फागुन २१ गतेको निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । झापा–५ बाट उम्मेदवार बनेका ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित भएका थिए ।