काठमाडौं ।
नेपाल आयल निगमले एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री वितरण गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगीमार्फत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिएको हो। ग्यास लिन उपभोक्ताको ठूलो भीड लागेपछि केही स्थानमा वितरण व्यवस्थापन अस्तव्यस्त बनेको छ। टेकुमा पानी परेपछि पनि उपभोक्ता रुझ्दै लामो लाइनमा बसेका छन्।
ग्यास खरिद गर्न उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्ने निगमले जनाएको छ। निगमका अनुसार ग्यास आयात नियमित भइरहेको र उद्योगहरूले डिलरमार्फत बिक्री गरिरहेका छन्। तर तत्काल ग्यास आवश्यक भएका उपभोक्तालाई राहत दिन विशेष बिक्री व्यवस्था गरिएको हो।











प्रतिक्रिया