जाजरकोट/बाजुरा ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण जाजरकोट र बाजुरामा ठूलो क्षति भएको छ। जाजरकोटमा बाढीले चारवटा घर, एउटा खाजा पसल र झोलुङ्गे पुल बगाएको छ भने बाजुरामा पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु भएको छ।
साउन २८ गते राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा आएको बाढीले चारवटा घर, एउटा खाजा पसल र एउटा झोलुङ्गे पुल बगाएको हो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि आवतजावत प्रभावित भएको छ।
घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन विपद् व्यवस्थापन बेस दल्ली, जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया