धादिङ ।
धादिङको ‘७ किलो’ भन्ने स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरोले सडक ढाकेपछि काठमाडौं र चितवनतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। घटनास्थलमा सडक खुलाउने प्रयास भइरहेको छ।
पहिरो पन्छाउन सम्बन्धित निकाय तथा सुरक्षाकर्मी परिचालन भएका छन्। सडक पूर्णरूपमा खुल्न केही समय लाग्न सक्ने जनाइएको छ। वर्षाका कारण धादिङको पृथ्वी राजमार्ग क्षेत्रमा पहिरोको जोखिम बढेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया