काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी र बागमतीका केही पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभाग तथा बागमतीको पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ। कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया