काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदैछन्। उनी बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।
देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा हङकङ पुगेका थिए।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ।











प्रतिक्रिया