काठमाडौँ ।
नेकपा एमालेका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले संसद् बैठकमा गणपूरक संख्या नपुगेर विधेयकसमेत निर्णयार्थ पेस हुन नसक्नु लज्जास्पद भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गणपूरक संख्या नपुग्दा निर्णयार्थ पेस हुन नसकेको उनले बताए।
सत्तारुढ दलसँग पर्याप्त सांसद संख्या हुँदाहुँदै पनि बैठकमा सांसदहरूको उपस्थिति नहुनु संसदीय जिम्मेवारीप्रतिको बेवास्ता भएको बर्तौलाको आरोप छ। संसद् बैठकमै सांसद उपस्थित नहुने प्रवृत्तिले प्रभावकारी कानुन निर्माण र सरकारलाई जवाफदेही बनाउने काम कमजोर हुने उनले बताए।
सामाजिक सञ्जाल र मिडियाका लागि प्रचारमुखी गतिविधिभन्दा संसद्को कामलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।











प्रतिक्रिया