लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

0
Shares

रौतहट ।

लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया घाटमा मंगलबार नुहाउने क्रममा बेपत्ता मध्ये दुई जनाको शव बुधबार बिहान करिब ७ बजे घटनास्थलबाट करिब २ दशमलव ५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवामा भेटिएको हो। लालबकैया नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुवै वालवालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया निवासी १० वर्षीय मोहम्मद रमतुल्लाह र सोही स्थानका १० वर्षीया सवनम खातुन रहेका छन्।

प्रहरीका अनुसार दुवै जनाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।
घटनामा बेपत्ता भएका तेस्रो बालबालिकाको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन।