१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ


काठमाडौँ ।

पर्सामा १०५ किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बेतिया जिल्ला ग्राम उजहरु परजिलवा, भांगाहका ५० वर्षीय सउरु चौधरी पक्राउ परेका हुन्।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीको संयुक्त टोलीले उनलाई पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट नियन्त्रणमा लिएको हो।

शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई रोकी चेकजाँच गर्दा उनले बोकेको बोराभित्र प्लास्टिकबाहेक १०५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पर्सामा सोमबार नै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिक पनि पक्राउ परेका थिए।