कालिकोट ।
कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनु भएको छ ।
समोबार बिहान करिब ६ः३० बजे पिलीबाट मान्म जादैै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो एक्कासि अनियन्त्रित भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा महाबै गाउँपालिका–५ गेलाका ३५ वर्षीय मंगल शाही उहाकी पत्नी सविना शाही गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लैजाँदै गर्दा तिलागुफा नगरपालिका–राचुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिनु भयो ।
दुर्घटनामा महाबै गाउँपालिका–५ का २९ वर्षीय कुलप्रसाद उपाध्याय,महाबै–६ की २६ वर्षीया प्रतिमा आचार्य घाइते हुनु भएको छ । उहाँहरूको जिल्ला अस्पतालकालिकोटमा उपचार भइरहेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो ।
अटो चालक खाँडाचक्र नगरपालिका–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्ललाई भने चोटपटक नलागेको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट २० किलोमिटर पूर्व मेहेल्या उकालो भन्ने ठाउँ नजिकै पर्छ ।
दुई बालकसहित नौजना यात्रु र तिन वटा ग्यास सिलिन्डर बोकेको अटो अनियन्त्रित भएपछि भित्तामा ठोकिएको घाइते कुलप्रसादका दाजु मिनप्रसाद उपाध्यायलो बताउनु भएको छ ।











प्रतिक्रिया