एन्जल्स हार्टको विजयी सुरुआत


काठमाडौं।

आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा आइतबार विजयी सुरुआत गरेको छ ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौं गोर्खाजको सहयोगमा भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्स हार्टले त्रिलोक विद्यालयलाई ४१ रनले पराजित ग¥यो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको टी–१० इन्डोर क्रिकेटको अन्य खेलमा एन्जल्स हार्ट माविले पारामाउन्ट एकेडेमीलाई ४५ रन, डिएभी (रातो) ले नवोदित विद्या कुञ्जलाई ६६ रन, द सेलिब्रेसन को–एडले भ्याली पब्लिकलाई १७ रन र चेल्सी वल्र्ड स्कुलले मानसिंह धर्मलाई ५ विकेटले हराए ।

त्यस्तै नेरिक एकेडेमीले एसिया प्यासिफिकलाई ३७, डिएभी ‘नीलो’ ले श्री गम्भीर समुन्द्र सेतु माविलाई ५१ र सत्य साइ शिक्षा सदनले हिमालयन ह्वाइटहाउसलाई ११ रनले हराए ।

प्रतियोगिताको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान वज्राचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा २४ छात्र टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । फाइनल शुक्रबार हुनेछ ।