काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी चासोका विषयमा कुराकानी भएको बताइएको छ। भेटवार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री शाहले आजै नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। भारतीय राजदूतसँगको भेटलगत्तै चिनियाँ राजदूतसँग हुने भेटलाई चासोका साथ हेरिएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले छिमेकी मुलुकका राजदूतहरूसँग निरन्तर संवाद अघि बढाएका छन्। पछिल्लो भेटवार्ताले नेपालको परराष्ट्र सम्बन्धमा छिमेकीसँगको संवादलाई प्राथमिकता दिएको संकेत गरेको छ।
चिनियाँ राजदूतसँगको भेटपछि दुवै भेटवार्ताका विषय र प्रधानमन्त्रीको परराष्ट्र नीतिको प्राथमिकताबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया