काठमाडौं, (नेस) ।
जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जेभियर ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बनेका हुन् ।
टोखा नगरपालिकाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोट्र्स एकेडेमीको हलमा भएको ब्वाइजको फाइनलमा जेभियरले सीसीआरसीलाई ६७–५४ ले पराजित ग¥यो । सीसीआरको जितमा महेन्द्र प्याकुरेलले १९ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा एन्जल गुप्ताको १५ अंक सहयोगमा गोल्डेनगेटले निम्सलाई ३५–३० ले हरायो । ब्वाइजमा जेभियरका रोशन नगरकोटी र गल्र्समा गोल्डेनगेटकी एन्जल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।











प्रतिक्रिया