काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले रातभर लाइन बस्नुपरेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै प्रसाईंले चुनावअघि आफूहरूले सरकारी सेवामा लाइनको अन्त्य गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अहिले ग्यासका लागि नागरिकले सास्ती खेप्नुपरेको दृश्यले आफूलाई लाज लागेको बताए।
उनले ग्यास अभाव आम नागरिकका लागि मात्रै हो कि प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी निवासमा पनि यही अवस्था छ भन्ने प्रश्न उठाए। यदि कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो भने त्यसमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरे।
प्रसाईंले नागरिकले केवल नयाँ अनुहार नभई नयाँ सोच र व्यवहारको अपेक्षा गरेको उल्लेख गर्दै जनताले भोगिरहेको दैनिक समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।











प्रतिक्रिया