नेपाली कांग्रेसको राष्ट्रिय भेला तयारी तीव्र, चुनदेवीमा शशांक कोइरालाले पत्रकार सम्मेलन गदैँ


काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ। सोही तयारीबारे जानकारी दिन मूल आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले शुक्रबार दिउँसो २:३० बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।

इतर समूहले ५५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै भेला सफल बनाउन ३२ वटा विभिन्न समिति गठन गरी संयोजकहरूको जिम्मेवारी समेत तोकेको जनाएको छ।