अमेरिकी पर्यटक भिसामा नेपालीलाई ३० लाखसम्म धरौटी


काठमाडौँ ।

अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यावसायिक (बी–१) भिसामा आवेदन दिँदा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँभन्दा बढी) धरौटी राख्नुपर्ने व्यवस्था लागू गरेको छ।

भिसाका सबै सर्त पालना गरी समयमै स्वदेश फर्किए धरौटी फिर्ता हुने, तर भिसाको अवधि नाघेर बसेमा रकम जफत हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यो व्यवस्था गैरकानुनी रूपमा बस्नेहरूको संख्या घटाउने उद्देश्यले स्थायी रूपमा लागू गरिएको हो।

Skip This