देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्छ।

हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहने भएकाले सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।