काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार गए राति करिब २ बजे चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीको गोली तामाङको खुट्टामा लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कैद भुक्तानका क्रममा रहेका तामाङ जेनजी आन्दोलनका बेला फरार भएका थिए।











प्रतिक्रिया