काठमाडौँ ।
सप्तरीमा गत साउन १४ गतेदेखि जारी कर्फ्यु कायमै रहेको छ। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।
प्रशासनले ११ बजेपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै पाँच जनाभन्दा बढी भेला भई अशान्ति वा उच्छृङ्खल गतिविधि गरे कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनावका कारण साउन १४ गतेदेखि सप्तरीका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।












प्रतिक्रिया