काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने दिउँसो र राति पनि चट्याङ्गसहित वर्षा हुने सम्भावना छ।
विशेषगरी कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया