कमेडी र रोमान्समा चमेलीको पोइ


आगामी असोज १६ गते रिलिजमा आउने फिल्म चमेलीको पोइको शीर्ष गीत ओई ओई चमेली, तम्रा शेरे खोईले सार्वजनिक भएलगत्तै लोकप्रियता पाएको छ। यसस“गस“गै निर्माण पक्षले दर्शकलाई लक्षित गर्दै टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता पनि घोषणा गरेको छ।

निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द, राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर्ड छन्। कविराज गहतराजले गीतको भिडियोको कोरियोग्राफी गरेका छन्। गीतले फिल्मको रोमान्टिक तथा मनोरञ्जनात्मक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।


निर्माण समूहका अनुसार गीतमा आधारित भिडियो बनाएर प्रतियोगितामा सहभागी हुन सकिनेछ। प्रतियोगिताका उत्कृष्ट चार जनालाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार रुपैया“, द्वितीयले ३० हजार रुपैया“, तृतीयले १५ हजार रुपैया“ र चौथो हुनेले ५ हजार रुपैया“ प्राप्त गर्नेछन्। विजेता भिडियोको मौलिकता, प्रस्तुति र सिर्जनात्मकताका आधारमा छनोट गरिने निर्माण पक्षले जनाएको छ।
करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेम चरो) पुनरागमन गरेको फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायत कलाकारको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन्। फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् भने उदय विक्रम राणा, रितु मल्ल कु“वर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन्। सहनिर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कु“वर र प्रदीपकुमार सापकोटा छन्। शेरबहादुर तामाङको छाया“कन रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्देप्रसादको सम्पादन रहेको छ।