चलिरहेको कारमा आगो लाग्दा चालकको मृत्यु


काठमाडौं ।

राजधानीको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा मंगलबार चलिरहेको निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। चालक बाहिर निस्कन नपाएकाले सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र मृत फेला परेका हुन्।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि चालकको ज्यान बचाउन सकिएन। आगलागीको कारण खुलेको छैन भने प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।