विश्वकपमा एमबाप्पेको नयाँ कीर्तिमान, सर्वाधिक २२ गोल


काठमाडौं ।

फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन्।

इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पेको विश्वकप गोल संख्या २२ पुगेको हो। उनले तीन संस्करणको विश्वकपमा यो उपलब्धि हासिल गरेका हुन्।

यसअघि विश्वकपमा सर्वाधिक २१ गोल गर्ने कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो। जारी विश्वकपमा पनि एमबाप्पे १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् भने मेसीले ८ गोल गरेका छन्।