प्रदेश सरकार हेरफेरप्रति योगेश भट्टराईको असन्तुष्टि


काठमाडौँ ।

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल गर्ने प्रयासप्रति असन्तुष्टि जनाएका छन्। उनले यस्तो कदमले राजनीतिक अस्थिरता र सत्ता केन्द्रित प्रवृत्तिलाई प्रोत्साहन गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रदेश सरकार परिवर्तनको औचित्यमाथि प्रश्न उठाउँदै यसबारे पार्टीमा सामूहिक छलफल हुनुपर्ने धारणा राखेका छन्। साथै, वर्तमान गतिविधिले पुराना दल र नेतृत्वप्रति जनतामा रहेको आलोचनात्मक धारणालाई थप बल पुग्ने चेतावनी दिएका छन्।