काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको छ।











प्रतिक्रिया