मन्त्रिपरिषद्को निर्णय : ६ सचिवको जिम्मेवारी हेरफेर


काठमाडौँ ।

सरकारले विभिन्न मन्त्रालय र निकायका ६ सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कृष्णबहादुर राउत, नारायणप्रसाद शर्मा दुवाडी, डिल्लीराम शर्मा, राधिका अर्याल, दीनानाथ मिश्र र विश्वबाबु पुडासैनीको नयाँ जिम्मेवारी तोकिएको छ। सरुवापछि सम्बन्धित मन्त्रालय तथा निकायको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोर्टलमा अद्यावधिक गरिएको छ।