आगामी साउन २२ गते अल नेपा रिलिजमा आउने फिल्म कमला मिसको पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले फिल्मको भावनात्मक र मनोवैज्ञानिक कथावस्तुको झलक दिएको छ।
सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ। पोस्टरले आमा–बालकबीचको माया, त्याग, अपनत्व र भावनात्मक संघर्षलाई संकेत गरेको छ। यसले फिल्मले मनोवैज्ञानिक विषयवस्तुस“गै पारिवारिक सम्बन्धको गहिराइलाई केन्द्रमा राखिएको कथा भन्ने संकेत गरेको छ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होस्बाट प्रेरित फिल्ममा निर्देशक नीर शाहस“गै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायतका कलाकारले अभिय गरेका छन्।
करिब एक दशकपछि निर्देशनमा फर्किएका नीर शाहले कमला मिसलाई सामाजिक यथार्थ र पारिवारिक संवेदनालाई मनोवैज्ञानिक पाटोस“ग जोडेर प्रस्तुत गर्ने प्रयास गरेका छन्। उनले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान, सेतोबाघजस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहेका छन्। फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।
फिल्ममा संगीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, कला निर्देशन रङ संयोजन रेनिश फागो, ध्वनि मिश्रण मुकेश शाह, छाया“कन शिवराम श्रेष्ठ र सम्पादन मिलन विक्रम शाहको रहेको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।











प्रतिक्रिया