मार्टिनेजको अन्तिम गोलमा अर्जेन्टिना फाइनलमा


काठमाडौं ।

सुपर सब लाउटारो मार्टिनेजको इन्जुरी टाइम गोलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ५५औं मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिए पनि अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा शानदार पुनरागमन गर्‍यो। ८५औं मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे भने अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुर्‍याए।

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।