काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी (NRCS), लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (Biological Microscope) हस्तान्तरण गरेको छ ।
सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशले सञ्चालन गरिरहेको रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउन बैंकले उक्त उपकरण उपलब्ध गराएको हो ।
हस्तान्तरण गरिएको जैविक सूक्ष्मदर्शीले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग गर्नेछ । साथै, यसले रगतको उपयुक्तता परीक्षण, संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण तथा जनस्वास्थ्य सेवाको प्रवद्र्धनमा योगदान पुग्ने जनाएको छ ।
बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोगलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।











प्रतिक्रिया