काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेसका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।











प्रतिक्रिया