राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्‍को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको ती विधेयकहरू नेपालको संविधानको धारा ११३ उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।