विचाराधीन मुद्दामा छलफल रोकिँदा लेखा समिति बैठक स्थगित


काठमाडौं ।

राहदानी छपाई प्रकरण अदालतमा विचाराधीन रहेको भन्दै सार्वजनिक लेखा समितिको मंगलबारको बैठक एजेन्डामाथि छलफल नगरी स्थगित भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले एजेन्डा परिवर्तनको माग गरेपछि सदस्यहरूबीच छलफल भएको थियो। न्यायिक परीक्षणमा रहेको विषयमा समितिले प्रवेश गर्न नहुने धारणा सांसदहरूले राखेपछि सभापति भरतबहादुर खड्काले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका हुन्।