काठमाडौं ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा ८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। शनिबार राति उत्तरी सुमी शहरमा प्रहार गरिएको ग्लाइड बम बस स्टपमा खस्दा ३० जना घाइते भएका छन्।
युक्रेनले आक्रमणका क्रममा १११ वटा ड्रोन र २ वटा क्रुज मिसाइल खसालेको जनाएको छ। बढ्दो रुसी आक्रमणबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति छिटो गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया