अनुमतिबिनै भारतीय विमानस्थल प्रयोग गर्ने १५९ म्यानपावर कारबाहीमा


काठमाडौं ।

वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई पहिलो पटक सचेत गराउँदै कारबाही गरेको छ।

साथै, मागिएको उडान विवरण नबुझाउने ४३९ कम्पनीलाई पनि सचेत गर्दै पुनः विवरण पेश गर्न निर्देशन दिएको छ। बारम्बार कानून उल्लंघन गर्ने ८ म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।