काठमाडौँ।
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी उमेर हदका कारण अवकाश भएपछि वरियताअनुसार डा. तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो।
यसैबीच, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ।











प्रतिक्रिया